एमाले तामाकोसीको बैठक सम्पन्न,गाउँपालिका अधिवेशन आगामी बैशाख १५ गते

दोलखा । नेकपा एमाले तामाकोसी गाउँपालिका दोलखाको बैठक सम्पन्न भएको छ ।

गाउँपालिका कमिटीको बैठकले पालिका अधिबेशन आउदो बैशाख १५ गते वडा नम्बर  – ४ मालुमा सम्पन्न गर्ने निर्णय गरेको छ।

नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिबेशन पश्चात पहिलो पटक बसेको पहिलो बैठकले तीन महिने कार्ययोजना बनाएर पालिका ईन्चार्जहरुलाई जिम्मेवारी दिए पछि तामाकोसी गाउँपालिकाको बैठक बसेको नेकपा एमाले तामाकोसी गाउँपालिका कमिटिले जनाएको छ ।

बैठकले जिल्ला पार्टीबाट प्राप्त सर्कुलर अनुसार पालिका अधिबेशन र वडा कमिटीको बैठकको मिति तय गरिएको नेकपा एमाले तामाकोसी गाउँपालिका इन्चार्ज धिरज सुबेदिले जानकारी दिनुभयो ।  चैत २४ गते सम्म वडा बैठकहरु सम्पन्न गरिने कुरा पालिका ईन्चार्ज  सुबेदीले बताउनु भयो ।

पालिका बैठकमा नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी, जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठ, जिल्ला सचिव सोयम बहादुर खड्का, पालिका ईन्चार्ज धिरज सुवेदी, सह ईन्चार्ज श्यामकाजी कटुवाल, युवा संघ दोलखाका ईन्चार्ज अर्जुन सुनुवार, वडा कमिटी अध्यक्ष र ईन्चार्ज हरुले आफ्नो धारण ब्यक्त गर्नुभएको थियो । बैठक पालिका कमिटीका अध्यक्ष होम बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको एमाले तामकोसी गाउँपालिकाले जनाएको छ।

Back to top button