फागु पुर्णिमाको अवसरमा चरिकोटमा स्लो बाइक रेस प्रतियोगिता

दोलखा । दोलखा सदरमुकाम  चरिकोटमा ‘होली फेस्ट-२०८०’ सम्पन्न भएको छ । फागु पुर्णिमाको अवसरमा आयोजित उक्त कार्यक्रममा ‘स्लो बाइक रेस सिजन-३’ सम्पन्न गरिएको हो । उक्त प्रतियोगिता काजी लामाले जित्न सफल भएका हुन।
प्रतियोगीमध्ये जेम्स शेर्पाले दोश्रो, अन्जन जोशीले तेश्रो र जीवन जोशीले चौथो स्थान हासिल गरेको  आयोजकले जनाएको छ । प्रतियोगितामा विजयीले क्रमशः नगद रु १० हजार, ७ हजार ५ सय , ५ हजार र २ हजार ५ सय नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

भीमेश्वर नगरपालिका प्रमुख इश्वर  नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३६ जना सहभागी रहेका थिए । कार्यक्रमको अध्यक्षता सरल नेपालका अध्यक्ष सौगात थापा र चरिकोट युवा क्लबका उपाध्यक्ष किरण घिसिङले गरेका थिए । प्रतियोगितामा सबैभन्दा ढिलो बाइक कुदाउनेलाई विजयी घोषणा गरिएको थियो ।

सो प्रतियोगिता सगै सातदोबाटो चोकमा विभिन्न सास्कृतिक कार्यक्रम समेत गरिएको थियो । होली पर्वको अवसरमा विगत ३ बर्षदेखि उक्त प्रतियोगिता हुँदै आएको छ ।

Back to top button