तामाकोसीको पुँजीगत खर्च ३४ प्रतिशत, आर्थिक तथा वित्तीय सुशासनमा पनि सुधार

दोलखा। जिल्लाको तामाकोसी गाउँपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् आठ महिनामा कुल पुँजीगत बजेटको ३४ प्रतिशत खर्च गरेको छ । चालू आवको फागुन मसान्तसम्म पालिकाको विकास खर्च ३४ प्रतिशत गरेको हो ।

चालू आवमा पुँजीगततर्फ कुल २६ करोड १२ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमा आठ महिनामा ८ करोड ९० लाख ५७ हजार ६ सय २१ रुपैयाँ वित्तीय प्रगति भएको तामाकोसी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बताए अनुसार चालू खर्च भने ३६ प्रतिशत भएको छ ।
गाउँपालिकाले दोस्रो चौमासिकमा करिब ६० प्रतिशत योजना सम्झौता सम्पन्न भएको छ । पालिकामा कुल २ सय १० वटा योजना रहेकोमा दोस्रो चौमासिक सम्म ६१ योजना सम्पन्न भइसकेको तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रि प्रशाद शर्मा वाग्लेले बताउनुभयो।

उहाँका अनुसार सम्पन्न भएका ६१ योजनामध्ये अधिकांश योजनाको भुक्तानीसमेत भइसकेको छ भने केहि योजना भुक्तानी प्रक्रियामा रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो ‘योजनागत हिसाबमा ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेका छौँ । काम सम्पन्न भइसकेका,कतियप योजना अन्तिक चरणमा पुगेको कतिपय उपभोक्ता भुक्तानी लिन नआएकाले पनि वित्तीय प्रगति काम देखिन सक्छ । तैपनि यो गत आव भन्दा बढी हो ।’
पुँजीगत खर्च बढाउन, असारे विकासको अन्त्य गर्न कार्यसम्पादन सम्झौता भएकोमा वैशाख मसान्तमै योजना निर्माण सक्ने उद्देश्य अनुरूप जनप्रतिनिधि, कर्मचारी सबै खटिँदा दोस्रो चौमासिकमा तामाकोसीको भौतिक विकासमा जिल्लामै अब्बल देखिएको गाउँपालिकाले जनाएको छ ।
उहाँले भन्नुभयो , ‘योजना सम्पन्न भएको तुलनामा भुक्तानी कम देखिन्छ । काम सम्पन्न भई अनुगमनसमेत भइसकेका योजनाको भुक्तानी लिन उपभोक्ता नआउँदा विकास खर्च कम देखिएको हो । वैशाखसम्म योजना निर्माण र भुक्तानी सक्ने लक्ष्यअनुसार नै काम भइरहेको छ ।’
गाउँपालिकाले स्थानिय तहको संस्थागत क्षमता स्व मुल्याङ्कन मा ७४ .६ अंक प्राप्त गरेको छ । जुन गत आर्थिक बर्षको तुलनामा १० अंकले बढी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले स्थानीय तहको वित्तीय जोखिम मुल्यांकनमा ६८.६ अंक प्राप्त गरेको छ। जुन गत बर्षको तुलनामा १० अंकले बढी हो ।
महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमा चालू आर्थिक बर्षको बेरुजुको गत आर्थिक वर्षको भन्दा करिब २ करोडले कमि रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका को समग्र आर्थिक तथा वित्तीय सुशासनमा सुधारका संकेतहरू देखा पर्न थालेको गाउँपालिकाले जनाएको छ ।

Back to top button