जुरिच किन्डर गार्डेनको दीक्षान्त समारोह एवम अभिभावक दिवस सम्पन्न

 

विद्यालय स्थापना भएको सातौँ वार्षिक उत्सवको अवसरमा युकेजी पुरा गरेका विद्यार्थीहरुलाई दीक्षित गर्दै शैक्षिक विकासमा उत्कृष्ट काम गर्ने शिक्षक, कर्मचारी, असल अभिभावकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको अवसर पारेर विद्यालयका आया र सवारी चालकलाई समेत सम्मान गरिएको थियो भने विद्यालयमा आयोजना गरिएको अतिरिक्त क्रियापकलापमा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल अमृत राउतले बताउनुभयो  ।  समयको आवश्यकताअनुसार संस्कारयुक्त गुणस्तरीय शिक्षाको अभियान जुरीचले शुरु गरेको उहाँले बताउनुभयो कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,पत्रकार ,अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो ।
मन्टेश्वरी तालिम प्राप्त,दक्ष र अनुुभवी शिक्षकहरुको व्यवस्थापनकै कारण विद्यालय अभिभावकको आकर्षणको केन्द्र बन्दै गएको विद्यालयको दावी छ । पठनपाठनका अतिरिक्त आगामी शैक्षिक वर्षबाट विद्यालयले ष्यक र बलमचयष्म बउउ मार्फत सम्पुर्ण कुराको जानकारी गराउने योजना विद्यालयको रहेको छ । नृत्य र योगा कक्षाका अतिरिक्त यो वर्षबाट कराँते तालिमका कक्षाहरु समेत विद्यालयले सञ्चालन गर्ने छ ।
वि.स. २०७४ सालबाट सञ्चालन गरिएको जुरिचमा पछिल्लो समय अभिभावक तथा विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको विद्यालयले जनाएको छ । ७ जना विद्यार्थीबाट शुरु गरिएको विद्यालयमा हाल ६६ जना विद्यार्थी रहेका छन भने आगामी दिनमा डेकियर सहित थप २ कक्षा सञ्चालन गर्ने योजना रहेको प्रिन्सिपल राउतको भनाइ छ ।
विद्यालयमा हाल प्ले ग्रुप,नर्सरी,एलकेजी र यूकेजीका कक्षाहरु सञ्चालनमा रहेका छन् ।

 

Back to top button