विद्यालयमा शैक्षिक बहस : विद्यार्थीहरुको प्रश्न उपमेयरको जवाफ

दोलखा  । कक्षा ५ मा अध्ययनरत विद्यार्थी सुमिरन वलीको प्रश्न थियो, मिहनेत गरेर पढ्ने विद्यार्थीलाई नगरपालिकाले छात्रवृति दिने ब्यवस्था गरिएको छ कि छैन?त्यस्तै कक्षा ६ मा अध्ययनरत अर्का विद्याथी संगीता श्रेष्ठले नगरपालिका भित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाको योजना के के छ? कतिपय विद्यार्थीको प्रश्न थियो अपांग विद्यार्थीलाई के सुविधा छ ?

‘तपाई नगर उपप्रमुख भएपछि शिक्षा क्षेत्रमा के परिवर्तन आएको छ? समाजमा सामाजिक विकृति फैलनुको मुख्य कारण के हो? ‘हामीले गुणस्तरीय शिक्षा कहिले पाउँछौ ?नगरपालिकाको खानेपानीको समस्याको समाधान कहिले हुन्छ । बालबालिकाको अधिकार हनन् भएमा उजुरीका लागी स्थानीय तहबाट के सहयोग पाउछौ ? नगरको पुर्वाधार तयार पार्दा बालमैत्री बनाउन कतिको ध्यान दिनुभएको छ ?

यस्तै कक्षाकोठामा अध्ययन हुने विषयहरुलाई विद्यार्थीहरुले विभिन्न प्रकारका ४० वटा प्रश्न तयार पारेर उपमेपरलाई सोधेका थिए ।
प्रश्नको जवाफ दिने एकजना मात्र वत्ता रुपमा हुनुहुन्थ्यो भिमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत । बिहिवार दोलखा सदरमुकाम चरीकोटमा रहेको एपेक्स स्कुलले विद्यार्थीहरुले कितावमा पढेको विषय प्रयोगात्मक रुपमा  नगरपालिकाको बिकासको बारेमा एपेक्स टक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा उपप्रमुखले विद्यार्थीहरुको प्रश्नको पालैपालो जवाफ दिनुभएको थियो ।

विद्यार्थीहरुको प्रश्नको जवाफ दिदै उहाँले उत्कृष्ट विद्यार्थीलाई छात्रवृति, अपांग विद्यार्थीलाई भत्ता ,सरकारी र निजि विद्यालयका विद्यार्थीलाई एकै किसिमको पोशाक लगायतका व्यवस्था गरेको बताउनुभएको थियो । विद्यार्थीहरुका गुनासा सुन्ने र त्यसलाई समाधन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा प्रत्यक्ष रुपमा विद्यार्थीको प्रश्नको जवाफ दिन पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभएको थियो । सो कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न समस्याहरु त्था नगरपालिकाको विकासको बारेमा जिज्ञास राखेका थिए । विद्यार्थीहरुको प्रश्नहरुको जवाफ दिदैँ उहाँले आगामी वर्ष विद्यार्थीहरुको गुनासो सम्बोधन हुने गरि बजेट विनियोजन गरिने बताउनुभयो

उहाँले यो कार्यक्रमले नगरपालिकाको शैक्षिक हवको रुपमा विकास गर्नेमा टेवा पुर्‍याउँने बताउनुभयो ।
सो कार्यक्रममा कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरु समावेश गराईएको विद्यालयले जनाएको छ ।

यो कार्यक्रमबाट विद्यार्थीको आत्मविश्वास बढ्ने आफ्नो प्रश्नको प्रत्यक्ष रुपमा सम्बन्धित व्यत्तिबाट उत्तर पाउने भएकाले कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको सो विद्यालयका प्रिन्सिपल नसिब कायस्थले बताउनुभयो । आगामी वर्षबाट प्रत्येक महिना विद्यार्थीहरुलाई विषय सँग सम्बन्धित व्यत्तिलाई विद्यालयमा बोलाएर प्रश्नात्तोर गर्न लगाउने योजना रहेको उहाँले बताउनुभयो ।

Back to top button