क्षेत्रपामा निशुल्क स्वास्थ्य शिविर, १ सय ७२ जना लाभान्वित

चरीकोट,बैशाख ८ गते। दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपामा निशुल्क स्वास्थ्य शिविर समपन्न भएको । वडा कार्यालयको आयोजनामा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७२ जनाले स्वास्थ्य परिक्षण गराएका हुन ।
एक दिने शिविरमा वडा नम्बर–८ क्षेत्रपा आसपासका स्थानुयहरुको निःशुल्क स्वास्थ्य चेकजाँच, निःशुल्क भिडियो एक्स–रे, मुटुको इसिजी, मुटु मिर्गौलाको चेकजाँच, स्त्री रोग,पाठेघरको मुखको क्यान्सर,तथा हात खुट्टा पोल्ने र झमझमाउने लगाएको परीक्षण तथा चेकजाँच गरिएको थियो ।
शिविरमा स्वास्थ्य परीक्षण गर्दा विभिन्न रोग देखा परेका महिलाहरूलाई औषधि समेत वितरण गरिएको वैतेश्वर गाउँपालिका–८ का वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताउनुभयो।
शिविरलाई लालीगुराँस सामुदायिक अस्पतालका डा. सुरेन्द्र तामाङ र विवेक सापकोटा लगायतका स्वास्थ्यकर्मीले सहजीकरण गर्नुभएको थियो । शिविरमा ७५ जनाको भिडियो एक्स–रे,१२ जनाको इसिजी र अन्यलाई सामान्य चेकजाँच गरिएको जिरेलले बताउनुभयो।
वडाले शिविरको अवसर पारेर वडाका स्वास्थ्य बिमा गर्न छुटेका बृद्धाबृद्धहरुको बिमासँगै सामाजिक सुरक्षा भत्ता समेत स्वास्थ्य चौकी बाटै वितरण गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य उपचारका लागी राजधानी काठमाडौ लगायत जिल्ला बाहिर जानुपर्दा धेरै खर्च लागने भएकाले गाउँमै सेवा पाउदा खुसी लागेको स्थानीयहरुले बताएका छन ।

Back to top button