विद्युतीय गाडी बढेसँगै दोलखामा धमाधम चार्जिङ स्टेसन निर्माण

चरिकोट , बैशाख १२ गते
विद्युतीय सवारीसाधन बढेसँगै दोलखामा विद्युतीय चार्जिङ स्टेसन बन्न थालेका छन । ब्यवसायीहरुले विद्युतीय सवारीलाई लक्षित गरि दोलखा सदरमुकाम चरीकोट लगायत राजधानी काठमाडौ जाने मुख्य सडकमा स्टेसन संचालनमा ल्याएका छन। दोलखामा हाल ८ वटा चार्जिङ स्टेसन संचालनमा रहेका छन । पछिल्लो समय संचालनमा आएको चरिकोट चर्जिङ स्टेसनमा एकैपटकमा ४ वटा विद्युतीय गाडी चार्ज गर्न सकिने व्यवस्था रहेको छ।

चार्जिङ स्टेसनसँगै ब्यवसायीले होटल तथा रेस्टुरेन्ट संचालन सुरु गरेका छन । चार्ज गर्ने समयभर यात्रुहरुलाई खाजा तथा खानाका लागी सुविधा दिने गरि व्यवसाय संचालनमा ल्याएको ब्यवसायीहरु बताउछन ।
विद्युतीय सवारीसाधन खरिद गर्ने बढ्दै गएकाले दोलखामा विद्युतीय सवारीसाधन चार्ज गर्ने चार्जिङ स्टेसनको आवश्यकता र माग दुवै बढ्दै गएको चारिकोट चार्जिङ सेन्टरका संचालक राजु केसीले बताउनुभयो । संचालक केसीले करिब ४४ लाख लगानी गरेर चरीकोटमा ४ वटा विद्युतीय गाडी एकैपटकमा चार्ज गर्न मिल्ने क्षमता भएको चार्जिङ स्टेसन संचालनमा ल्याएको बताउनुभएको छ ।

चार्जिङ स्टेसन जिल्लाका धेरै ठाउँमा आवश्यक रहेकाले त्यसका लागि विद्युत् प्राधिकरण सकारात्मक रहेको नेपाल विद्युत प्राधीकरण दोलखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो । चार्जिङ स्टेसनको माग गर्दै आवेदन आउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
चार्जिङ स्टेसनलाई प्राधिकरणले प्रवर्धन गर्ने विषयमा लगानीकर्ताले स्टेसन राख्न खोजेको खण्डमा विद्युतीय सामग्रीलगायत ट्रान्सफर्मर हरु स्टेसन राख्ने सम्म प्राधीकरणले नै पुर्‍याइदिने केन्द्र प्रमुख न्यौपानेले बताउनुभयो ।
बजार क्षेत्रमा विद्युतीय गाडी सहज हुने भएकाले सवारीसाधनको सङ्ख्या बढ्दै गएकाले बजार क्षेत्रमा अझै थप चार्जिङ स्टेसन आवश्यक रहने उहाँको भनाई छ ।
चार्जिङ स्टेसनले विद्युत् खपत बढाउने अभियानमा सहयोग सहयोग पुगेको वितरण केन्द्रले जनाएको छ ।
दोलखामा अरनिको र रोल्वालिङ सेवा समितीको गरेर ३० वटा भन्दा बढि विद्युतीय गाडी रहेका छन भने पछिल्लो समय अटो र साना विद्युतीय गाडी हरु पनि संचालनमा रहेका छन ।
विद्युतीय सवारीको भाडादर घटाउनुपर्ने मागरहेपनि हालसम्म सम्बिन्धित निकायले चासो नदिएको स्थानीयहरुको गुनासो रहेको छ ।

Back to top button