अहिलेको समिकरण अर्को निर्वाचनसम्म टिक्छ : अग्नि सापकोटा

दोलखा । पुर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले अहिलेको सत्ता समिकरण अर्को निर्वाचन सम्म टिक्ने बताएका छन् । दोलखा सदरमुकाम चरिकोटमा प्रेस सेन्टर दोलखा शाखाले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको समिकरण निर्वाचनसम्म टिक्ने दाबी गरेका हुन् ।

सापकोटाले अहिलेको सत्ता समीकरण वामपन्थी र गैरवापन्थी दलहरुको भएको बताए । पछिल्ला समयका विभिन्न सामाजिक सञ्जालमा अहिलेको सत्ता समिकरण टुट्ने, भुट्ने, भत्कने जस्ता भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरे।सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको प्रष्ट पारे।

 

Back to top button