निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापाको उम्मेदवारी

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापाले उम्मेदवारी दिएका छन । संघको बैशाख २९ गते हुने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने भएकोले थापाले अध्यक्षमा उम्मेदवारी दिएका हुन।

संघको ८ औं अधिवेशनबाट नेतृत्व गर्ने लक्ष्यसहित उहाँले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन। थापा संघको वर्तमान कार्यसमितिको महासचिव रहेका थिए।

निर्माण व्यवसायीको क्षेत्रमा रहेको समस्याबारे अवगत रहेको बताउदै थापाले अहिले देशव्यापी रूपमा रहेको आर्थिक मन्दीबाट हाम्रो पेशा पनि अछुतो रहेको छैन,निर्माणको क्रममा राज्यबाट हुने असहयोग, कच्चा पदार्थको अभाव, निर्माण सामग्रीको बढ्दो मूल्यवृद्धिको मारमा हामी सधैं परिरहेका छौं ।’सोही कारण सबै साना तथा ठुला निर्माण ब्यवसायिको नेतृत्व गर्दै अध्यक्षमा उम्मेदवारी दिएको थापाले बताए।

‘लामो समयदेखि निर्माण व्यवसायमै आबद्ध रहँदै आएकाले यस क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको छु । निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता रहेको थापाको भनाइ छ।

०५४ सालदेखि निर्माण व्यवसाय क्षेत्रमा संलग्न रहेका थापाले लामो समय निर्माण व्यवसायी संघमा आवद्ध भएर काम गरेका छन ।

थापाले अमुल्य मत दिएर अध्यक्ष पदमा निर्वाचित गराउन सहयोग गर्नुहुन सम्पूर्ण निर्माण व्यवसायीलाई अनुरोध गरेका छन । थाप दि एण्ड सन कन्ट्रक्सन अध्यक्ष हुन् । संघको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

 

Back to top button