स्थापना दिवसको अवसरमा युवा संघ नेपाल दोलखाको वृहत रक्तदान कार्यक्रम 

दोलखा । राष्ट्रिय युवा संघ नेपाल दोलखाले ३५ औ स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ

नेपाल रेडक्रस सोसाइटी संगको समन्वयमा सदरमुकाम  चरिकोट सातदोबाटोमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । वृहत खुल्ला रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका ३७ जना ब्यक्तिहरुले रक्तदान गरेका थिए । प्रत्येक व्यक्तिवाट एक एक पिनका दरले ३७ पिन जम्मा गरिएको रेडक्रस नेपाल दोलखाले जनाएको छ ।

रगत अभावका कारण कुनै पनि नागरिकको  ज्यान नजावस भन्ने उदेश्यले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा संघ नेपाल दोलखाका अध्यक्ष सरोज वस्नेतले बताए ।  रक्तदान कार्यक्रममा सहभागी भएका हरुलाई नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ युवा संघ दोलखाका अध्यक्ष सरोज वस्नेतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Back to top button