फोहोर बेचेर लाखौं आम्दानी गर्दै भिमेश्वर नगरपालिका

चरीकोट, जेठ ५ गते
बढ्दो शहरीकरण सँगै फोहोर व्यवस्थापन निकै चुनौतीपुर्ण बन्दै गएको छ। वर्षौ देखि फोहोर ब्यवस्थापन मुख्य समस्या भोग्दै आएको थियो दोलखाको भिमेश्वर नगरपालिकाले ।

फोहोर फाल्ने स्थानमा स्थानीयको अवरोधका कारण हप्ता दिन सम्म बजार क्षेत्रको फोहोर नउठ्दा बजार नै दुर्घन्धित हनुे गर्दथ्यो । तर अहिले भिमेश्वर नगरपालिकाले बजार क्षेत्रको फोहोर ब्यवस्थापनको समस्याको दिर्घकालिन समाधान मात्र हैन फोहोर बेचेर नै लाखौ आम्दानी सम्म गरेको छ । फोहोरको सहि ब्यवस्थापन गर्न सके फोहोरलाई मोहोरमा नै परिणत गर्न सकिन्छ भन्ने उदाहरण भिमेश्वर नगरपालिकाले देखाएको छ ।
चालु आर्थिक वर्षबाट फोहोर प्रशोधन उपकरण ल्याएर प्रशोधन सुरु गरेको भिमेश्वर नगरपालिकाले करिब ३ लाख आम्दानी गरेको छ ।

नगरपालिकाले फोहोरलाई बर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको थियो । नगरपालिकाले नगरभित्रको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गरिदै आएको छ ।
नगरपालिकाले तालिका नै बनाएर कुहिने र नकुहिने फोहोर संकलन गर्ने गरेको छ ।

नगरपालिको वडा नम्बर २,३ र ६ को फोहोर संकलन गर्दै आएको छ । प्रशोधित फोहोरको मूल्य समेत निर्धारण गरिएको भिमेश्वर नगरपालिकाका रोजगार सहायक तथा फोहोर व्यवस्थापक रबि बस्नेतले बताउनुभयो । नकुहिने फोहोरमा प्रतिकिलोग्राम प्लाष्टिक १०,पेट बोतल १२,कार्टुन ४, फलाम ५०, हल्का फलाम ३०,टिना १८,गुडिया २० र रेड बुल ४० रुपियाँ प्रशोधित मुल्य तोकिएको बस्नेतले बताउनुभयो ।

करिब ९० प्रतिशत फोहोर ब्यवस्थापन गरिएको उहाँको भनाई छ । कतिपय बजारको फोहोर बिक्री नहुने खालको रहेका भिमेश्वर नगरपालिकाले जनाएको छ ।
लामो प्रयास पछि स्थानीय स्तरका समसदायको सहयोगमा फोहोरको उचित ब्यवस्थापन गरेर आम्दानी गर्न नगरपालिका सफल भएको भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरले बताउनुभयो । शहर बजारमा फोहोरको मात्रा बढेको भन्दै नगरपालिकाले फोहोर व्यवस्थापनका लागी डस्विन समेत वितरण गरिएको मानन्धरले बताउनुभयो । फोहोर व्यवस्थापनमा नगरपालिकाले दिगो व्यवस्थापन गर्न सफल भएको उहाँले बताउनुभयो ।

Back to top button