नागरिकको अपेक्षा अनुसार काम गर्ने पालिका अध्यक्ष कार्किको प्रतिबद्धता

दोलखा ।  जिल्लाको गौरीशंकर गाउँपालिकाका अध्यक्ष बिश्वास कार्किले पालिका भित्रका नागरिकको अपेक्षा अनुसार जनमुखी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

गाउँपालिकाले  गरेका मुख्य कामहरुको बिवरण सार्वजनिक गर्नु हुदै गाउँपालिका अध्यक्ष कार्किले नागरिकहरुको गुनासो र सुझाब लिँदै आगामी दिनमा सोही अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

पालिकाको आयोजनामा आर्थिक बर्ष २०८०/०८१ को  सार्जनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष कार्किले गाउँपालिकाले नीति तथा कार्यक्रम अनुसार जानमुखी कामहरु हुँदै आईरहेको बताउनु भएको थियो ।

सार्वजनिक सुनुवाईमा आएको गुनासो तथा सुझावलाई मार्ग निर्देशनकोरुपमा आगामी दिनमा पालिकाले कार्यान्वयन गर्ने पालिका अध्यक्ष कार्किको भनाई रहेको छ। सो क्रममा  पालिकाले अहिलेसम्म सुशासनका लागि गरेका प्रयासहरु, भौतिक पूर्वाधार, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा भएका कार्यहरु पनि सार्वजनिक गरिएको छ ।

गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखाको सहजीकरणमा सञ्चालित सार्वजनिक सुनुवाईमा सेवाग्राहीहरुले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, सेवा प्रवाह लगायतका सन्दर्भमा प्रश्नहरु उठाएका थिए ।

उठेका प्रश्नहरुको जवाफ गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, अनुगमन समितिका अध्यक्ष तथा पालिकाका प्रवक्ता युग बहादुर बस्नेत र प्रमुख प्रशासकिय अधिकृत चक्र बहादुर घर्तीले दिएका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंले गरेका थिए भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथी गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता युग बहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर घर्तीले आर्थिक वर्ष २०८०/८१ को प्रतिवदन प्रस्तुत गरेका थिए ।

Back to top button