स्ववियु परिषदको सभापतिमा सन्जय बुढाथोकी

काठमाडौ । स्वबियु परिषद सभापति संजय बुढाथोकि मनोनीत भएका छ।
कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत रहेका बुढाथोकी परिषदको सभापतिमा मनोनित भएका हुन ।

नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले संघको बिधान बमोजिम बुढाथोकीलाई परिषदको राष्ट्रिय अधिवेशन तीन महिना भित्र सम्पन्न गर्ने गरि सभापतिको जिम्मेवारी तोकेका हुन ।
नेपाल विद्यार्थी संघको विधि बिधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउने र संघको गरिमा उच्च राख्ने बिश्वास लिएको पत्रमा उल्लेख गरिएको छ ।

बिद्यार्थी राजनीतिबाट उदाएका बुढाथोकी क्षमतावान विद्यार्थी नेताको रुपमा परिचित रहेका छन ।
विद्यार्थीको हकहितका लागि सक्रिय रहेका बुढाथोकी विद्यार्थी माझ लोकप्रिय रहेका छन ।

Back to top button