तामाकोसी गाउँपालिकामा एमाले तामाकोसीले बुझायो ध्यानकर्षण पत्र

दोलखा ।  दोलखाको तामाकोशी गाउँपालिकामा नेकपा एमाले तामाकोशी पालिका कमिटीले ध्यानकर्षण पत्र बुझाएको छ ।

तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको योजनाहरुमा समावेश गरिनुपर्ने विकास निर्माणका गतिविधी तथा नितिगत विषयलाई समेटेर ध्यानकर्षण पत्र बुझाएको नेकपा एमाले दोलखाका सचिवालय सदस्य तथा पालिका इन्चार्ज धिरज सुवेदीले बताउनु भयो ।

स्थानिय सरकार गठन भएको लामो समय हुदा पनि  स्थानीय हरुले प्रत्यक्ष रुपमा स्थानिय सरकारको अनुभुति गर्न नपाएको भन्दै स्थानिय जनतालाई प्रभावकारी स्थानिय सरकारको अनुभुती गराउन सरकारी निकायको पहुत तथा संस्थागत सवलीकरणमा जोड दिँदै आगामी आर्थिक वर्षलाई सवल स सम्वृद्ध तामाकोशीको रुपरेखा तथा योजना तर्जुमाका लागि कृषि सिंचाइ स्वास्थ्य शिक्षा, पुर्वधारको विषयहरु समेटेर पालिकालाई ध्याकर्षण पत्र बुझाएको हो ।

Back to top button