आवश्यकता र औचित्य विहीन क्षेत्रमा सरकारले बजेट हाल्ने गरेको छ : कुन्दनराज काफ्ले

हेटौंडा । बागमती प्रदेशका सांसद कुन्दनराज काफ्लेले आवश्यकता र औचित्य विहीन क्षेत्रमा सरकारले बजेट हाल्ने गरेको बताएका छन ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद काफ्लेले सरकार बिचौलियाको चंगुलमा परेर जनप्रतिनिधिलाई नै बाइपास गरेर बजेट कार्यक्रम समावेश गर्ने गरेको बताए ।

प्रदेश सरकारको बजेटमा बिचौलिया प्रकोपमा परेको बताएका छन् । सरकारको बजेट प्रणाली ठिक नहुँदा नागरिकहरूले समस्या भोग्नु परेको उनले बताए ।

‘हाम्रो बजेट बिचौलियाहरूको ठुलो प्रकोपमा परेको छ । बिचौलियाका कारण आवश्यकता र औचित्य नभएका क्षेत्रमा बजेट हालिएको छ । पहिरोले रुखसम्मलाई असर नपर्ने ठाउँमा तटबन्धन गरिएको छ । तर, पहिरोले गाउँ बगाउँदासम्म सरकार मौन छ । बिचौलियाले टिपाएका योजना बजेटमा समावेश हुन्छ । तर, सांसद र जनप्रतिनिधिले टिपाएका योजना हुँदैन,’ उनले भने ।

उनले आवश्यकताको अध्ययन नै नगरी महत्त्वाकाङ्क्षी भएर विश्वविद्यालय खोल्ने तयारी गरिरहेको बताए ।  -ratopati

Back to top button