मेलुङका युवाहरु गाउँमै ब्यवसायी बन्दै

चरीकोट जेठ १९ गते
दोलखाको मेलुङ गाउँपालिका –७ स्थित सितलीका उत्सव कार्कीले कुखुरापालन व्यवसाय सुरु गर्नुभएको २ वर्ष भयो । होटल म्यानेजमेन्ट विषयमा स्नातक तह उर्तिण गर्नुभएका २९ वर्षिय युवा ब्यवसायी कार्की इन्टर्नसिपका लागी दुबई जानुभएको थियो । गाउँ फर्केर केहि व्यवसाय गर्ने गरी दुबई बाट नेपालमा फर्कनुभएको थियो । नेपाल फर्केर गाउँमा तारा कृषि आर्गनिक सप्लायर्स दर्ता गरेर कुखुरा व्यवसाय गर्ने सोच बनाउनुभएका कार्कीले ४ सय कुखुराबाट व्यवसाय सुरु गर्नुभयो । आफुले पढेको र सुरु गरेको विषय फरक भएपछि कुखुरापालनमा धेरै ज्ञान नभएकाले थोरै कुखुरा बाट व्यवसाय सुरु गरेको कार्कीले बताउनुभयो ।

उहाँले कुखुराबाट राम्रो कमाइ हुने थाहा पाएपछि उहाँले कुखुराको संख्या बढाउनुभयो । अहिले उहाँको फर्ममा ३ हजार कुखुरा छन । कुखुरापालनबाट वार्षिक रूपमा रू.८ लाख आम्दानी गर्न सफल भएको कार्कीले बताउनुभयो ।
करिब ५० लाख लगानीमा फार्म सञ्चालन गर्नुभएका उहाँले ४ हजार कुखुरा पालन गर्ने योजना रहेको बताउनुभयो ।
“स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकाले बैँक बाट ऋण लिएर कुखुरा फार्म सुरु गरेको बताउदै अरुले विदेशमा गरेको भन्दा आफुले नेपालमा बसेर व्यवसायमा सन्तुष्टि मिलेको बताउनुभयो ।

कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उहाँले सुनाउनुभयो । फार्ममा दैनिक पाँच बाकस अण्डा उत्पादन भईरहेको र सबै कुखुराले अण्डा दिदा दिनमा १२ बाकस अण्डा उत्पादन हुने उहाँको भनाई छ ।अण्डा प्रतिबाकस रु. २ हजार ९ सयमा फार्म बाट नै बिक्री हुने उहाँको भनाई छ ।
कुखुरापालनसँगै उहाँले करिब ७ लाख लगानी गरेर माछापालन व्यवसाय सुरु गर्नूभएको छ । “कृषि तथा पशुपालनमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पु–याएर काम गर्दा नाफा हुन्छ”, उहाँ भन्नहुन्छ । कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँने, उहाँले बताउनुभयो । उहाँलाइ गाउँपालिकाले पोखरी निमार्ण गर्न र माछा पालन व्यवसायमा सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
सोही वडाका अर्का ३० वर्षिय युवा राजकुमार श्रेष्ठले करिब २० लाख लगानी गरेर बाख्राापालन व्यवसाय सुरु गर्नभयो । स्नातक तहको पढाइ चल्दाचल्दै दार्जिलिङ गएर फर्किनुभएका उहाँले गाउँमै व्यवसाय गर्ने योजना बनाउनुभयो । रेन्बो इन्टर कनेक्टेक प्रालि दर्ता गरेर व्यवसाय सुरु गर्नुभएका श्रेष्ठले हाल फार्ममा ४० वटा बाख्रा ३४ वटा खरायो १ सय ४० वटा कुखुरा रहेको बताउनुभयो।

व्यवसायबाट वार्षिक ५ लाख आम्दानी गरेको बताउदै स्थानीय एक जनालाई समेत दिएको बताउनुभयो । “हामीजस्ता युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गरी स्वदेशमै आधुनिक खेती गर्न प्रेरित गर्न जरूरी छ”, उहाँले भन्नुभयो ।
उहाँलाइ गाउँपालिकाले ३२ हजार पर्ने बोयर जातको बोका र खोर सुधारका लागी ५० हजार अनुदान दिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले बताउनुभयो । कृषि तथा पशुपालन व्यवसायमा युवाहरुको आकर्षण बढाउन प्राथमिताका साथ बजेट विनियोजन गरेको अध्यक्ष तामाङले बताउनुभयो । गाउँपालिकाले ४० वटा बोयर जातको बाडेको र सो बोका बाट गाउँपालिका भित्र ३ सय ९८ पाठा जन्मिसकेको र२ सय ४६ बाख्रा गर्भिणी रहेको उहाँको भनाई छ

कृषि क्षेत्रको विकासका लागी किसानलाई उन्नत जातको विउबिजन र सिचाँईको व्यवस्था गाउँपालिका गर्ने उहाँको भनाई छ ।उहाँहरु मात्र नभएर गाउँपालिका भित्र व्यवसाय गर्न चाहने गर्नेलाइ सहयोग र प्रोत्साहन गरिले उहाँले बताउनुभयो । मेलुङ गाउँपालिकाले पालिकाको आर्थिक सहयोगमा हेफर सस्था सगँ साझेदारी कृषि तथा पशुपालन क्षेत्रमा काम गर्दै आएको छ ।

Back to top button