सम्पत्ति शुद्धीकरणमा प्रचण्ड र उनको परिवारका सदस्यमाथि अनुसन्धान
काठमाडौ । सम्पत्ति शुद्धीकरणमा प्रचण्ड र उनको परिवारका सदस्यमाथि अनुसन्धान थालिएपछि माओवादी आत्तिएको छ । प्रचण्डले नारायणकाजी श्रेष्ठ र वर्षमान पुन अनन्तलाई प्रधानमन्त्री भेट्न पठाएर अनुसन्धान रोक्नुपर्ने आशयको आग्रह गरेका छन् ।
‘हामी कांग्रेस–एमालेभन्दा फरक हौं, हामी चुनावमा जान खोजिरहेका छौं, तपाईंहरुलाई सहयोग नै गरिरहेका छौं तर हामीलाई जर्बजस्ती कांग्रेस–एमालेतिर धकेल्न खोजियो’ भन्दै उनीहरुले अनुसन्धान रोक्नुपर्ने आशय प्रकट गरेका थिए ।
जेनजी आन्दोलनको एउटा मुख्य माग पटक–पटक प्रधानमन्त्री भएका तीन शीर्ष नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने पनि थियो । सोहीअनुसार सम्पत्ति शुद्धीकरण बिभागले अनुसन्धान थालेको छ । खासगरी प्रचण्ड परिवारले विलासी जीवन बिताएको, परिवारका नाममा सम्पत्ति थुपारेको भन्दै आलोचना हुने गरेको छ ।
जेनजीहरुले ‘नेपो बेबी’ भन्दै चलाएको अभियानमा प्रचण्डपुत्री गंगा दाहाल पनि मुख्य तारो थिइन्, जसले महँगो मूल्य पर्ने रोलेक्स ब्राण्डको घडी र गुची ब्राण्डको झोला बोकेको आरोप छ ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस