कांग्रेस वैतेश्वरले फागुन १४ गते मैनापोखरीमा भव्य आमसभा गर्ने
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका आफ्ना उम्मेदवारलाई विजयी गराउने उदेश्य सहित नेपाली कांग्रेस वैतेश्वर गाउँपालिका कमिटीले यहीँ फागुन १४ गते पालिकाको मुख्य ब्यापारी केन्द्र मैनापोखरीमा भव्य आमसभा आयोजना गर्ने भएको छ।
शनिबार पार्टी कार्यालय मैनापोखरीमा बसेको अगुवा कार्यकर्ता भेलाले पार्टी प्रत्यक्ष उम्मेदवार अजयवावु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङडोल्मा शेर्पालाई विजयी गराउने योजना अनुसार पालिका कमिटीले सभाको आयोजना गर्न लागेको हो।
बैठकले कांग्रेस जिल्ला कार्यसमिति सदस्य देवराज खत्रीको संयोजकत्वमा ८ सदस्यीय चुनाव प्रचारप्रसार एवं सभा व्यवस्थापन उपसमिति गठन गठन गरेको छ।
समितिको सदस्यमा राजन अधिकारी,राजेश उप्रेती,महेश पाख्रीन,यादव तामाङ,किरण तामाङ,नवराज घिमिरे,राजेन्द्र तामाङ,प्रकाश दाहाल,सोमबहादुर दाहालको नौ सदस्यीय निर्वाचन प्रचारप्रसार तथा सभा व्यवस्थापन उपसमिति गठन गरेको हो।
त्यसैगरी बैठकले वैतेश्वरका ८ वटै वडामा (जेन्जी) निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ।समितिको सदस्यहरुमा पारस तामाङ,पाल्देन लामा,सरोज तामाङ,श्याम बहादुर दाहाल,सन्तोष दाहाल,राकेश तामाङ,नवीन तामाङ,रविन खत्री जेन्जी युवा परिचालन समिति गठन गरेको हो।
त्यसैगरी वडागत रूपमा सम्बन्धित वडा सभापतिको रोहवरमा चुनावी प्रचारप्रसार समिति समेत गठन गरेको नेपाली कांग्रेस वैतेश्वरले जनाएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस