कांग्रेसले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने

सुनौलो अनलाइन
१५ चैत २०८२, आइतबार

नेपाली कांग्रेसले समानुपातिक सांसदको कार्यसम्पादनमा कमजोरी देखिए जनुसुकै बेला फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार सुरु भएको ‘संसदीय सचेतना कार्यक्रम’मा उपसभापति विश्वप्रकाश शर्माले कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिए पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ प्रावधानबारे जानकारी गराएका छन् ।

विशेष महाधिवशेनबाट पारित विधानमा राखिएको नयाँ व्यवस्थाअनुसार संसदीय भूमिका कमजोर देखिए फिर्ता हुनेबारेमा शर्माले कार्यक्रममा जानकारी गराएका हुन् ।

शर्माले विधानको दफा ४० को व्यवस्थाबारेमा स्पष्ट पारेका थिए । सो दफामा पार्टीका तर्फबाट समानुपातिकतर्फ संघ र प्रदेशमा भएका सांसदको संसदीय जिम्मेवारीलाई प्रभावकारी र जवाफदेही बनाउने व्यवस्था छ ।

प्रचलित कानुनविपरीत काम गरेको ठहर भएमा, पार्टीको निर्देशन र मूल्य मान्यताविपरीत काम गरेमा, कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नदेखिएमा समानुपातिक सांसदलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्ने व्यवस्था विधानमा छ ।


धेरै पढिएको