सङ्गीत बजारमा वर्षकै ठुलो धमाका: रिलिज हुने बित्तिकै इन्टरनेटमा छायो ‘ज्यान सुकाउँछ चिन्ताले’ (भिडियोसहित)

सुनौलो अनलाइन
२३ असार २०८३, मंगलबार

​​काठमाडौँ । नेपाली सुगम संगीत तथा लोक-पप क्षेत्रमा फेरि अर्को एउटा बलियो धमाका भएको छ। लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ सांगीतिक कोसेली ‘ज्यान सुकाउँछ चिन्ताले’ आजबाट औपचारिक रूपमा बजारमा आएको छ।

निर्माण टिमले आजै यस गीतको उत्कृष्ट म्युजिक भिडियोलाई युट्युब लगायत विश्वभरका प्रमुख डिजिटल प्लेटफर्महरूमा एकसाथ रिलिज गरेको हो।
गायक इ. अर्जुन नेपालीको जादुमयी स्वर
प्रेम, विरह र सामाजिक परिवेशको मर्मस्पर्शी कथालाई समेटेर तयार पारिएको यस गीतमा पुष्पलाल शर्मा ‘स्पन्दन’ को उत्कृष्ट शब्द रचना र चर्चित संगीतकार सुमन अधिकारीको संगीत रहेको छ।

गीतमा मुख्य स्वर गायक इ. अर्जुन नेपाली र गायिका शान्ता रानी परियारको रहेको छ। उनीहरूको जादुमयी गायकी र स्वरको गजबको सुमधुरताले स्रोताहरूलाई मन्त्रमुग्ध बनाएको छ।

पूर्ण संयोगको एरेन्ज र खड्क बाजुरालीको उत्कृष्ट ध्वनि मिश्रण (Audio Mixing) ले गीतलाई थप वजनदार बनाएको छ।

इ. नेत्र विलास र स्मारिकाको जीवन्त अभिनय
गीतको अडियो जति बलियो छ, यसको म्युजिक भिडियो पनि उत्तिकै उत्कृष्ट र सिनेमाटिक बनेको छ। निसान बानियाको कथा तथा निर्देशनमा तयार भएको भिडियोमा मुख्य अभिनेता इ. नेत्र विलास पौडेल र मुख्य अभिनेत्री स्मारिका ढकालले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

उनीहरू दुवै जनाको भावुक र जीवन्त अभिनयले दर्शकको मन छुने र आँखा रसाउने निश्चित छ।
​महेश महराको आकर्षक छायांकन, दिन्सन शाहको स्तरीय सम्पादन तथा रंग संयोजन र राजाराम सिम्खडाको कुशल नृत्य निर्देशनले भिडियोलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको छ।

भरत गोर्खालीको निर्माण व्यवस्थापन रहेको यो भिडियोलाई पानस फिल्म्सले बजार व्यवस्थापन गरेको हो।

डिजिटल मिडियामा तहल्का,युट्युब र टिकटकमा भाइरल हुने सङ्केत
गीत आजैबाट ‘Arjun Nepali Official’ युट्युब च्यानलमा सार्वजनिक भएको हो। युट्युबका साथै टिकटक (TikTok), जस्ता विश्वप्रख्यात प्लेटफर्महरूमा पनि यो गीत एकसाथ उपलब्ध छ।

सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जालमा यसको भिडियो क्लिप्स र अडियो व्यापक रूपमा सेयर हुन थालेका छन्। युट्युबको प्रतिक्रिया खण्डमा संगीतप्रेमीहरूले यसलाई ‘वर्षकै सर्वोत्कृष्ट र मन छुने गीत’ भन्दै तारिफ गरिरहेका छन्।

​(यहाँ क्लिक गरेर पूरा म्युजिक भिडियो हेर्नुहोस्:)


धेरै पढिएको