पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

काठमाडौ । पुष्प खड्का कृष्ण र श्रद्धा क्षेत्री लीलाको भूमिकामा गरेको फिल्म ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय भएको छ । दीपक ओली निर्देशीत फिल्म नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ बर्षको कोसेली स्वरुप चैत्र २७ गते प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारले अभिनय गरेको फिल्म लक्ष्मण सुवेदीले लेखेका हुन् । शिब ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।

फिल्ममा समाबेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत भ्यालेन्टाइन्स डेलाई लक्षित गरि माघ ३० मा सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ । अन्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको सो गीतमा पुष्प र श्रद्धा फिचर छन् । राजधानि दैनिकमा खबर छ । फिल्म पूर्वी नेपालको पाँचथर,इलाम,झापालगायतका जिल्लाका बिभिन्न रमणीय स्थलमा छायांकन गरिएको हो ।

Back to top button