के उत्सब रसाइली र श्वेताकी बहिनीले सुष्मालाई कुटेकै हुन् ? के हो वास्तविकता ? बोलीन् श्वेता खड्का

काठमाडौं । नायिका शुष्मा कार्कीले आफूमाथि अर्की नायिका श्वेता खड्का, पत्रकार उत्सव रसाइली र श्वेताकी बहिनी आरतीले कु टपिट तथा गा लीगलौज गरेको आ रोप लगाएपछि श्वेताले उक्त आरोप झुटो भएको बताएकी छन् ।

शुष्माले लगाएको आ’रोपबारे अनलाईन नेपालले नायिका खड्कासँग प्रतिक्रिया लिंदा उनले भनिन्–‘चर्चामा आउनका लागि शुष्माले अरुसँग नाम जोडेर झु’टो आ’रोप लगाएकी हुन् । यो विषयमा उहाँलाई नै सोध्नुहोला । म कस्तो स्वभावको मान्छे भन्ने सबैलाई थाहा छ ।’

‘बहिनीलाई पटक–पटक खिल्ली उडाएर रसाईलीलाई तल्लो जातको भन्दै जथाभावी बोलेपछि विवाद भएको हो । ती कुराहरु पनि बाहिर आउलान नि १ यसरी कसैलाई व्यक्तिगत रुपमा आँच आउने गरी तल्लो जातको भन्दै हेप्न पाइन्छ रु हामीसँग उनलाई ५ वर्ष जेल हाल्ने सम्मको प्रमाण पनि छ ।’– नायिका खड्काले थप भनिन् ।

नायिका खड्काले क्लबको भिडियो फुटेज हेरे सबै कुरा छर्लङ्ग हुने पनि बताइन् ।नायिका कार्कीले काठमाडौंको लण्डन पब क्याफेमा आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कु टपिट र गा ली’गलौज गरेको भन्दै प्रहरीमा उजुरी दिने बताएपछि समाचार एकाएक भाइरल भएको छ । नायिका स्वेता खड्काले समेत आफूलाई अ’प’शब्द प्रयोग गरेको समेत शुष्माले आ’रोप लगाएकी छन् ।

Back to top button