‘पठान’ मा सालमान

मुम्बई । बलिउड अभिनेता सलमान खान निर्देशक सिद्धार्थ आनन्दको नयाँ चलचित्र ‘पठान’ मा जोडिने भएका छन् । यसअघि उक्त चलचित्रमा अभिनेता शाहरुख खान, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणले काम गर्ने निश्चित भइसकेको छ ।

चलचित्रमा अभिनेता सलमान पनि जोडिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । सलमानले हालै महेश मंज्रेकरले निर्देशन गरेको चलचित्र ‘अन्तिम– द फाइनल ट्रुथ’ को छायांकन सकेका छन् ।

योसँगै उनले अब ‘पठान’ को छायांकनका लागि समय छुट्याएका खबर बाहिरिएको छ । सौर्य दैनिकमा खबर छ ।सलमान ‘पठान’ को छायांकन सकेपछि यश राज फिल्मको ‘टाइगर ३’ को छायांकनमा जाने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

‘पठान’ को केही भाग युएईमा खिचिने निर्माण पक्षले जनाएको छ । सलमानसँगको एक्सन सिन दुबईमा छायांकन हुँदैछ । जसमा शाहरुख, दीपिका र जोन देखिने जनाइएको छ । चलचित्रको दुएईको बुर्ज खलिफामा छायांकन हुनेछ । युएईमा झण्डै ५० दिनको छायांकन तालिका बनाइएको छ ।

चलचित्रमा अभिनेता शाहरुख र अभिनेत्री दीपिका विशेष एजेन्टको भूमिकामा देखिँदैछन् । यस चलचित्रमा काम गर्नका लागि अभिनेता ऋतिक रोशनसँग पनि सम्पर्क भइरहेको छ । तर ऋतिकको भूमिकाको अहिलेसम्म टुंगो लागेको छैन । ‘पठान’ सन् २०२१ मै सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।

Back to top button