बलिउड अभिनेता राजीव कपुरको निधन

मुम्बई । बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाई राजीव कपुरको मंगलवार निधन भएको छ । राजीवले ‘राम तेरी गंगा मैली’ लगायत दर्जनौ फिल्ममा अभिनय गरेका छन् । अभिनेता ऋषि कपुरकी श्रीमती नितु कपुरले सामाजिक सञ्जाल मार्फत राजीवको निधन भएको पुष्टि गरेकी छिन् । सौर्य दैनिकमा खबर छ ।

उनको ह्दयघातले निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । ह्दयघात भए लगत्तै उनका भाई रणधिरले अस्पताल लिएर गएका थिए । अस्पताल पुगे लगत्तै डक्टरले उनलाई मृत घोषित गरेका थिए ।

Back to top button