![](https://sunauloonline.com/wp-content/uploads/2021/04/lokpath.jpg)
मुम्बई वेब दुनियाँले गरेको सर्वेक्षणमा दिशा पटानी सन् २०२० की बलिउडकी सबैभन्दा हट अभिनेत्री बन्न सफल भएकी छन्। दिशालाई २८।२ प्रतिशत भोट प्राप्त भएको छ। सोसल मिडियामा लगातार हट फोटो पोस्ट गर्ने दिशा बलिउडमा तीव्र रूपमा अघि बढिरहेकी छन्। सबै हिरोइनलाई पछाडि पार्दै उनी पहिलो नम्बरमा परेकी हुन्।
यसैगरी किआरा आडवाणी २४।३ प्रतिशत भोट ल्याएर दोस्रो नम्बरमा परेकी छन्। ‘कबीर सिंह’ र ‘गुड न्युज’ फिल्मपछि उनी चर्चामा आएकी हुन्। दर्शकका साथै निर्माता निर्देशकको नजरमा पनि उनी पर्न थालेकी छन्। उर्वशी रौटेला तेस्रो नम्बरमा छिन्। उनले २०।५ प्रतिशत भोट पाएकी छन्। अन्नपुर्ण पोष्टमा खबर छ ।
यसैगरी नोरा फतेही र सनी लियोनी क्रमशः चौथो र पाँचौं नम्बरमा छन् भने ज्याकलिन फर्नान्डिज र दीपिका पादुकोण छैटौं र सातौं स्थानमा परेका छन्। पूजा हेगडे आठौं, कैटरिना कैफ नवौं र सारा अली खान दसौं स्थानमा छन्।