सिद्धार्थ र रश्मिका ‘मिसन मज्नु’ मा

मुम्बई । दक्षिण भारतीय चलचित्रमा सफलता पाएसँगै अभिनेत्री रश्मिका मन्दन्ना बलिउडमा डेब्यु गर्दैछन् । लखनऊबाट छायांकन थालिएको चलचित्र ‘मिसन मज्नु’ बाट उनले बलिउडमा डेब्यु गर्न लागेकी हुन् । चलचित्रमा रश्मिकासँग बलिउड अभिनेता सिद्धार्थ मल्होत्राले काम गरिरहेका छन् । सिद्धार्थले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्पेसल मानिससँग स्पेसल टिम ।’ चलचित्र ‘डियर कमरेड’ युट्युबमा सार्वजनिक भएपछि रश्मिकाको चर्चा विश्व बजारमा भएको थियो ।सौर्य दैनिकमा खबर छ । यसपछि, उनलाई लिएर बलिउड चलचित्र बनाउन बलिउड निर्माता कस्सिएका हुन् । रश्मिकाले बलिउड चलचित्रमा डेब्यु गर्न पाउँदा उत्साहित भएको भन्दै दर्शकले दिएको अपार मायाले खुसी लागेको बताएकी छन् ।

Back to top button