राहुलको ‘तिमी रिसाउँदा’ मा डिमन र अर्नबीको अभिनय (भिडियो)

काठमाडौं । गायक राहुल रक्सको आवाज रहेको आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ । पे्रम दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतको शब्द तथा संगीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ । गीतमा संगीत संयोजन पुषोत्तम सुवेदीले गरेका छन् ।

विशेषगरी युवावर्गलाई लक्ष्य गरी गीत लेखिएको अधिकारीले बताए । जनकदीप पराजुलीकोे निर्देशन रहेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुंगानाको अभिनय छ । गीतमा सागर प्रधानको छायांकन, विष्णु खड्काको सम्पादन र ध्रुवराज प्रज्वलितको रङ संयोजन छ । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Back to top button