![](https://sunauloonline.com/wp-content/uploads/2021/02/rajeshhh.jpg)
काठमाडौं – शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्म ‘सत्यम’मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ। फिल्मका लागि अभिनेताद्वय राजेश हमाल र अनुपविक्रम शाही यसअघि नै फाइनल भइसकेका थिए। अब यो फिल्ममा अहिलेका हटकेक अभिनेता पल शाहको पनि प्रवेश भएको छ। कथावस्तु र आफ्नो भूमिका मन परेपछि उनले फिल्म साइन गरेको निर्माता रेशम सापकोटाले जानकारी दिए।
राजेश हमाललाई आफ्नो आदर्श मान्ने गरेका पलले पहिलो पटक हमालसँग फिल्ममा स्क्रिन सेयर गर्न लागेका हुन्। अनुपसँग पनि उनको पहिलो सहकार्य हो। पहिलो पटक राजेश हमालसँग स्क्रिन सेयर गर्न उनी उत्साहित देखिएका छन्।अन्नपुर्ण पोष्टमा खबर । तीन अभिनेतालाई एकसाथ पर्दामा हेर्न दर्शकलाई पनि निकै रोचक हुने देखिन्छ।
कथाको मागअनुसार फिल्ममा पललाई अनुबन्ध गरेको निर्माता सापकोटाले बताए। उनले फिल्ममा पलको भूमिका भने खुलाउन चाहेनन्। फिल्मका एसोसिएट निर्मातामा श्याम मल्ल र गणेश पौडेल छन्।
यसैबीच एक्सन जनरामा निर्माण हुन लागेको ‘सत्यम’का लागि निर्माण टिमले अडिसनबाट पनि कलाकार छनोट गर्दै छ। यसका लागि काठमाडौं र पोखरामा अडिसन भइसकेको छ, जसमा ५ सय २३ जनाले सहभागिता जनाएका थिए। अब निर्माण टिमले भर्चुअल अडिसन आह्वान गरेको छ। भर्चुअलमा नेपालसँगै विदेशबाट पनि अडिसन दिन सक्ने निर्देशक कार्कीले जानकारी दिए।