‘भुन्टी’ सिरियलको रिस उठ्दी ‘मुकुली’ २३ बच्चाहरुको आमा पो रहिछिन, उनको जीवन कथा सुनेर सबै रोए (भिडियो हेर्नुस)

चर्चित सिरियल ‘भुन्टी’मा तपाई हामीले छुच्ची र रिस उठ्दो भुमिकामा देख्ने ‘मुकुली’ अर्थात रिता सिवाकोटी वास्तविक जीवनमा भने साह्रै कोमल मनकी, दयालु र मानव सेवा भनेपछि हुरुक्कै हुनेछिन् । बिगत १० बर्षभन्दा लामो समयदेखि उनी परिवार बिहिन बालबालिकाको आमाको भुमिका खेलिरहेकी छिन्

यतिबेला उनीद्धारा सन्चालित ‘फ्युचर होप नेपाल’मा २३ जना बालबालिकाहरुको जीवन फुल्दै छ । आशा खड्काका् चर्चामा रहेको भुन्टी सिरियलमा उनको चरित्र देखेर सबैले उनलाई कमेन्टमा नराम्रो लेख्छन् तर उनको रियल जीवनमा कामको बारेमा थाहा पाएर सबै दँग पर्छन् । कलाकार बन्न काठमाडौं आएकी रिताको जीवन कथा कुनै चलचित्रको जस्तै छ ।

गोपाल भुटानीसँग आशिर्वाद लिएर कलाकारिता थालेकी रिताले एक सुटिँगकै क्रममा फोन आयो । त्यो फोन एउटा बच्चाको थियो । आफु सधैं तपाईसँग बस्छु नि, मेरो बुवा आमा हुनुहुन्न भनने उक्त बालकको फोनले रिताको जीवन फेरियो ।

उक्त बालकलाई स्वस्फुर्त रुपमा हुर्काएकी रिताले पछि अन्य बालबालिकाहरुको जिम्मेवारी पनि पाईन् र उनलाई एक आश्रम खोल्नै पर्ने अवस्था भयो र फ्युचर होप नेपाल खुल्यो । त्यसपछि सुरु भयो, उनको जीवनको रुवाउने कथा । भिडियो हेर्नुस

Back to top button