वरिष्ठ गायक कार्कीको ‘रारा तालैमा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ लोक गायक बमबहादुर कार्कीले नयाँ गीत ‘रारा तालैमा’ बोलको गीत ल्याएका छन् । उनले पछिल्लो समय देश र जनताले खोजेअनुसार मौलिक उक्त गीत ल्याएको बताए ।

भर्खरै आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतमा गायक कार्कीको आफ्नै एकल आवाज रहनुका साथै शब्द रचना र संगीतसमेत आफैँले भरेका छन् भने बिबी अनुरागीको संगीत संयोजन रहेको छ । त्यस्तै, गायिका शिवा (कार्की) आले प्रड्युसर रहेकी छन् भने गीतको भिडियोमा निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् ।

उक्त भिडियोमा मोडल महेन्द्र गौतम, अञ्जली अधिकारी, सिताराम पौडेल र खेम बाले अभिनय गरेका छन् । त्यस्तै, सुरेश श्रेष्ठले छायांकन गरेको उक्त भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन् ।

लामो समय सञ्चार क्षेत्र बिबिसि र रेडियो नेपालमा रहेका वरिष्ठ गायक कार्कीका ‘पानको पात’ गीतदेखि विभिन्न लोकभाकाका पुराना गीतहरु बजारमा चर्चित छन् । बाँकी दिनहरुमा पनि यस्तै मौलिक गीत ल्याउने तयारीमा रहेको गायक कार्कीले जानकारी दिए ।

Back to top button