पाटन दरबार क्षेत्रलाई भेहिकल फ्री जोन बनाउने, साइकल र पदयात्रालाई प्रोत्साहन गर्ने योजना
ललितपुर । ललितपुर महानगरपालिकाकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार महानगर प्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८१ ८२ को वार्षिक नीति तथा कार्यक्रम पेस गरेका छन् । ग्वार्कोमा बसेको पाँचौं नगरसभाको बैठकमा मेयर महर्जनले आगामी वर्षको नीति तथा कार्यक्रम पेस गरेको महर्जनका सल्लाहाकार इन्द्र बज्राचार्यले जानकारी दिए ।
महानगरले पहिलोपटक चक्रपथ बाहिर नगर सभा सञ्चालन गरेर चक्रपथ बाहिर पनि महानगरपालिको आफ्नो पनको सन्देश दिएको बताइएको छ । महानगरले पाटन दरबार क्षेत्रमा भेहिकल फ्री जोन बनाउन प्रयास गर्नुका साथै साइकल र पदयात्रालाई प्रोत्साहन गर्ने नीति लिएको बज्राचार्यले बताए । वि.सं. १९९० सालको भूकम्पपछि पुनर्निर्माण नभएका मन्दिरहरू समेत निर्माण गर्न पहल गर्ने महानग।को नीति तथा कार्यक्रममा उल्लेख छ ।
खोकनामा रहेको नेपालमा सबभन्दा पहिलो बिजुली बलेको घरको संरक्षण तथा व्यवस्थापन गरी पर्यटन प्रवर्द्धनमा आबद्ध गराउने महानगरले नीति लिएको छ। “लतिपुरको समृद्दि र सुशासनको आधार, सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार“ भन्ने नारा तय गरेको महानगरपालिकाले सम्पदा संरक्षमा जोड दिएको छ ।
सिल्पकला, काष्ठकला, धातुकला, प्रष्तरकलासँग सम्वन्धित श्रमिकहरुको लगत “श्रम बैंक“ को रुपमा तयार गरी सम्पदा संरक्षका आयोजनाहरुमा व्यवस्था मिलाउने नीति महानगरको छ । त्यस्तै दह, ताल, पोखरी पुनर्निर्माण , ढुंगेधारहरुको श्रोत व्यवस्थापनलगायत प्रचिन, पर्यटकीय, पर्यावरणीय एवं धार्मीक, संस्कृतिक सम्पदाहरुको संरक्षण सबद्र्धन र व्यवस्थापनमा ध्यान दिने नीति लिएको महानगरपालिकाले जनाएको छ ।
कृषि,सिंचाई सहकारी नियमन तथा व्यवस्थापन, अन्तर्राष्ट सम्बन्धसुधार, उपभोक्ता अधिकार तथा बजार नियमन, लक्षित वर्ग तथा समुदायमा आधारीत कार्यक्रमलाई समेत प्राथमिकताका साथ लैजाने महानगरको लक्ष रहेको छ ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस