अस्ट्रेलिया प्रजातन्त्र सेनानी भेटघाट तथा सम्मान
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा प्रजातन्त्र सेनानी सम्मान गरिएकाे छ । प्रजातन्त्र सेनानी संघका कन्द्रीय अध्यक्ष बालकृष्ण दाहालकाे भ्रमणकाे समय पारेर नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले २२ असारमा भेटघाट तथा प्रजातन्त्र सेनानी सम्मान गरेकाे हाे ।
अस्ट्रेलियामा बस्ने नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रजातन्त्र सेनानीहरु शम्भुप्रसाद पोखरेल, उमानाथ सापकोटा, गणेश केसी, डा डिल्ली बन्जाडे, प्रेम सापकोटा, भिमप्रसाद पाैडेल, पुरुषाेत्तम मिश्रा, सोमप्रसाद गुरुङ, पूर्णनाथ घिमिरे, कुमार गिरि, डिल्ली ढकाल, अरूणकुमार ठाकुर सम्मानीत भए ।
उनिहरुलाई नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाल र जनसम्पर्क समितिका पुर्व अध्यक्ष कृष्ण गिरि तथा जनसम्पर्कका अध्यक्ष सुरेशसिंह गुरुङद्वारा सम्मान गरिएको संघका अध्यक्ष बालकृष्ण दाहालले बतनए । नेपालि जनसम्पर्क समिती अस्ट्रेलियाका सभापति सुरेश रनसिह गुरुङको सभापतित्वमा सम्पन्न सम्मान तथा भेटघाट कार्यक्रममा उपाध्यक्ष राजेश केसीले स्वागत गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष बालकृष्ण दाहाल, जय नेपाल फाउन्डेसन अस्ट्रेलियाका अध्यक्ष डा डिल्ली बन्जाडे,प्रेम सापकोटा,बीपी चिन्तन प्रतिस्ठानका आनन्द आचार्य, एनआरएन अष्टरेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ, संपर्कका पूर्व अध्यक्ष कृष्ण गिरिलगायत नेताहरुले प्रजातन्त्र सेनानीकाे यागदान र विदेशमा रहदा भए गरेका कामकाबारेमा विचार राखेका छन् ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस