बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार एक सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १३ सय २० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Back to top button