
काठमाडौं- सोमबार पनि नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ । आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेर ९२ हजार ६०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैंया रहेको छ ।
यसैगरी आइतबार १३ सय २० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य तोलामा ८० रुपैंयाले बढेर १४०० रुपैंयमा कारोबार हुने महासंघले जनाएको छ ।