
काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।
सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाले घटेर १३ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।