
काठमाडौं – बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ९ सय रुपैयाले घटेको हो।
बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाले घटेको छ । आज चाँदीको मूल्य तोलामा घटेर १३ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।