
काठमाडौं । सीईडीबी हाइड्रो पावर डेभलप्मेन्ट कम्पनी लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । बाँडफाँड भएको शेयरमा ८५ प्रतिशतको हात खालि भएको छ भने ४ जना भाग्यमानीले ११ कित्ताका दरले शेयर पाएका छन् ।
भर्चुअल माध्यमबाट गोलाप्रथागरि बाँडफाँड गरिएको कम्पनीको आईपीओमा २ लाख ३४ हजार १ सय ९५ जनाले १० कित्ताको दरले शेयर हात पारेका हुन् ।
कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि १६ लाख ९० हजार ६९ जनाले दिएको आवेदनमा ४ हजार ४ सय ४२ जनाको आवेदन रद्द भएको छ । १६ लाख ८५ हजार ६ सय २७ जना योग्य भएकोमा २ लाख ३४ हजार १ सय ९५ जनाले मात्र सेयर पाएको विक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । बाँकी १४ लाख ५१ हजार ४०५ जनाको हात खाली भएको छ ।
कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्काशन गरेको हो ।
जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो ।
बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणका लागि आईपीओ जारी गरिएको थियो । आईपीओको नतिजा सिडीएसको वेबसाइट, मेरो शेयर बाट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।