
विराटनगर । कोरोना भाइरस संक्रमणको महामारीले आक्रान्त बनाई मुलुकभर निषेधाज्ञा जारी रहेका बेला पनि निजी बैंक तथा वित्तिय संस्थाले ऋणिहरुलाई बारम्बार मानसिक तनाव दिने गरेको भन्दै पब्लिक फोरमले जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेललगायतको टोली गएर संकटग्रस्त अवस्थामा पनि बारम्बार ताकेदा गर्दै मानसिक तनाव दिने र धम्क्याउने विषयमा उजुरी समेत गरेका छन् । सो क्रममा दुवै निकायबाट उजुरीलाई गम्भिरता पूर्वक लिई आवश्यक कदम चालिने प्रतिवद्धता आएको फोरमका अध्यक्ष ढुङ्गेलले बताउनुभयो ।
उहाँका अनुशार राष्ट्र बैंकले यो अवधिमा कुनैपनि बित्तिय संस्थाले कसैलाई पनि दवाब दिन नपाउने भन्दै त्यस्तो भए राष्ट्र बैंकमा उजुरी गर्न आग्रह समेत गरेको छ ।