टोकियोमा जारी ओलम्पिकमा पुरुष म्याराथन तर्फ किपचोगेलाई स्वर्ण

काठमाडौं। जापानको टोकियोमा जारी ३२ औं ओलम्पिकमा पुरुष म्याराथन तर्फ केन्याका इलियड किपचोगेले स्वर्ण पदक हात पारेका छन । १ सय १० जना सहभागि प्रतियोगितामा म्याराथनमा विश्व कीर्तिमानधारी किपचेगेले स्वर्ण पदक हात पार्न सफल भएका हुन ।

किपचोथेले म्याराथन दौड २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पूरा गरे । म्याराथनमा नेदरल्याण्ड्सका अबडी नागेयेले २ घण्टा ९ मिनेट ५८ सेकेण्डमा युरा गर्दै रजत तथा बेल्जियमका बाशिर अबडीले २ घण्टा १० मिनेटमा दौड पुरा गरी कांस्य पदक हात पारेका छन ।

किपचोगे म्याराथनमा विश्व कीर्तिमानधारी हुन् । उनको नाममा २ घण्टा १ मिनेट ३९ सेकेण्डको विश्व कीर्तिमान छ ।उनि सन् २०१६ को रियो ओलम्पिकमा पनि स्वर्ण पदक विजेता हुन ।

चौथोपल्ट ओलम्पिक खेलिरहेका ३६ वर्षीय किपचोगेले सन् २००४ को एथेन्स ओलम्पिकमा ५ हजार मिटरमा तेस्रो भएका थिए भने त्यसको चार वर्षपछि बेइजिङमा सोही स्पर्धामा दोस्रो भएका थिए ।

Back to top button