लात्भियालाई हराउदै नर्वेको जित

विश्वकप छनौट अन्तर्गत हिजो सम्पन्न खेलमा नर्वेले लात्भियालाई २ शुन्यले हराएको छ । नर्वेकालागि इर्लिङ हाल्यान्ड र मोहमद इल्युनौसीको गोल गर्नुभएको हो ।

यो जीतसँगै विश्वकप छनौट खेलमा नर्वेले तीन अंक बटुलेको छ । यस सिजनमा हाल्याडको प्रस्तुति राम्रो रहेको छ । उहाँले क्लब र देशका लागि ८ गोल गरिसक्नु भएको छ । बोरूसिया डर्टमुन्डकालागि सुरूवाती ५ खेलमा ६ गोल र तीन एसिस्ट गर्नुभएका हाल्यान्डले नर्वेका लागि १४ खेलमा ९ गोल गर्नुभएको छ ।

Back to top button