मदन भण्डारी स्पोर्ट्स एकेडेमीको नगर कमिटी गठन

भूमिप्रसाद पाठक,

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको नगर समिति गठन भएको छ ।

नेकपा (एमाले) नगर पार्टी कार्यालय, रत्नकुमार बान्तवा स्मृति भवनमा आयोजित कार्यक्रमले रञ्जीतकुमार कार्कीको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो । नव गठित समितिमा क्रमशः योगेश श्रेष्ठ, प्रनेश लिम्बू, दिवस खड्का, जमुना आले मगर, जीवन चौहान पदाधिकारी रहनुभएको छ ।

सदस्यहरुमा बादल गुरुङ, प्रनेश थापा, अञ्जना बिमली, पारस धिताल, दिपेश श्रेष्ठ, भुपाल राई, केशबहादुर लावती, सञ्जय थापा, आशुतोष थापा, रवीन अधिकारी मंगोल सुनार राई, किरण धिमाल, मिन धिमाल, चन्दबहादुर खनाल, रोमन न्यौपाने, घनश्याम चौहान, आशिष लुइँटेल, चेतन खतिवडा, दिपेश थापा, पूजन मगर, अजयराज साम्बा, मुणिराज कार्की, रमेश कटुवाल, जोगिन श्रेष्ठ, ओमसेक माझी, सुजन कार्की, साइमन लिम्बू, जितबहादुर राई, स्पेन राई, सुनील खत्री, आशिष तामाङ, सञ्जय गुरुङ, निरोज बस्नेत, सदेउ लिम्बू, सुनिता पराजुली, मनिषा राई प्रेमप्रसाद आचार्य, नवीन राई, रिजन लिम्बू, भीम माझी, करन तामाङ, आश्री बास्तोला, गोविन गुरुङ र गंगाबहादुर कार्की चयन हुनुभएको छ ।

एकेडेमीका मोरङ जिल्ला अध्यक्ष भुपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य तथा नेकपा एमाले प्रदेश १ का समिति सदस्य युवराज बाँस्कोटाले सम्बोधन गर्नुभएको थियो । उहाँले नवगठित समितिका पदाधिकारीहरुलाई उत्साहका साथ युवा र खेलकुद क्षेत्रको विकासका निम्ति अन्तरमनदेखि कृयाशिल हुन निर्देशन दिनुभयो ।

कार्यक्रममा एन्फा महिला रेफ्रि तथा पूर्व खेलाडी जमुना आले मगरलाई एकेडेमीको तर्फबाट सम्मानपत्र सहित रुपैयाँ ११ हजार ५ सय नगदले सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य देवराज भण्डारी, नगर कमिटी अध्यक्ष मोहन तुम्बापो, एकेडेमीका मोरङ सचिव मनोजविक्रम शाह, अनेमसंघ प्रदेश कमिटी सदस्य यमुना विष्टलगायतको उपस्थिती रहेको थियो ।

Back to top button