बोल्नु अघि नै मेस्सी रोएपछि…

काठमाडौं । बार्सिलानोबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेस्सीले पत्रकार सम्मेलनको आयोजना गर्नुभयो । तर पत्रकार सम्मेलन शुरू हुनुअघि नै जब भावुकहुँदै मेस्सि रोएको दृष्य देखियो, त्यतिबेला उहाँलाई हेर्ने सवै भावुक बने ।

नेपाली समयअनुसार ३ः ४५ बजे बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएका मेस्सी पोडियममा नपुग्दै भावविह्वल बनेर रूँदै गरेको देखिएको थियो ।

२१ वर्ष बार्सिलोनामा बिताउनुभएका मेस्सीले आफूले क्लब छाड्ने कहिल्यै कल्पना समेत नगरेको बताउनुभएको छ । मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको थियो ।

तर आर्थिक अवस्था र ला लिगाको नियमका कारण हस्ताक्षर हुन नसकेको बार्सिलोनाले बताएको छ । यता बार्सिलोनाबाट मेस्सी बाहिरिरहँदा पीएसजीले उहाँलाई भित्र्याउने तयारी शुरू गरेको छ ।

Back to top button