विराटनगर । मेगा बैंकले मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित विराटचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले विराटचोकका साथै उदयपुर त्रियुगा नगरपालिका ११ स्थित गाएघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दुबै स्थानमा हिजोबाट शाखा खोली सञ्चालनमा आएको हो ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो ।
यी सबै शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकले जनाएको छ ।अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् ।