रोनाल्डोले लिए युभेन्टस् छाड्ने निर्णय

काठमाडौ । रोनाल्डोले युभेन्टस् छाड्ने निर्णय लिएसँगै म्यानचेस्टर सिटी उहाँलाई भित्र्याउन आतुर भएको छ । ह्यारी केनलाई भने भित्र्याउन म्यानचेस्टर सिटी असफल भएको छ ।
स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले यस विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी दिइसक्नुभएको छ । यसअघि रोनाल्डोले क्लबमै बस्ने निर्णय गर्नुभएको थियो । तर पछिल्लो समय उहाँको मुड परिवर्तन भएको हो । युभेन्टस् अहिले रोनाल्डोका लागि उपयुक्त मूल्यको प्रतिक्षामा छ । मार्काका अनुसार ३ करोड युरोको हाराहारीमा रकम प्राप्त भए युभेन्टस्ले रोनाल्डो बेच्ने तयारी गरेको हो ।

Back to top button