पिएसजीमा मेस्सीको डेब्यु

काठमाडौ । लिग वानअन्तर्गत आज पेरिस सेन्ट जर्माइन पिएसजी र रेइम्स्बीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार यो खेल मध्यराती १२ बजेर ३० मिनेटबाट सुरु हुनेछ ।

प्रशिक्षक माउरिसियो पोचेटिन्होले मेस्सीलाई यस खेलमार्फत डेब्यु गराउने संकेत गर्नु भएको हो । तर मेस्सीले कति समय खेल्ने र कुन पोजिसनबाट खेल्ने भन्ने तय भइसकेको छैन ।

मेस्सी कोपा अमेरिकापछि लामो समय बिदामा बस्नु भएकाले वैकल्पिक खेलाडीका रुपमा मैदान उतार्ने तयारी प्रशिक्षकको छ ।

पोचेटिन्होले मेस्सीलाई दाँयातर्फ, नेइमारलाई बायाँतर्फ र कालियन एमबाप्पेलाई सेन्टरबाट खेलाउने संभावना रहेको छ । माउरो इकार्डी घाइते हुनु भएकाले मेस्सीले सेन्टर फरवार्डका रुपमा पनि खेल्न सकने सम्भावाना उतिकै रहेको छ ।

Back to top button