नेपाल–भारतको फुटबल हेर्न रंगशाला प्रवेश गर्दा दर्शकले पीसीआर परीक्षणको रिपोट देखाउनु पर्ने

काठमाडौँ । नेपाल–भारतबीच बिहीबार मैत्रीपूर्ण फुटबल हुँदैछ । बिहीबार र आइतबार दशरथ रंगशालामा सीमित दर्शक राखेर खेल खेलाइने छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारले सीमित दर्शक प्रवेशको अनुमति दिएको जानकारी दिनु भयो ।
दर्शकका लागि पाँच हजार एक सय टिकट बिक्री हुने र स्वास्थ्य मन्त्रायलले जारी गरेको मापदण्ड पालाना गर्नुपर्ने अध्यक्ष शेर्पाले बताउनुभयो । त्यस्तै रंगशाला प्रवेशका लागि दर्शकले पीसीआर परीक्षणपछिको नेगेटिभ रिपोर्ट वा कोभिडविरुद्धको दुवै डोज खोप लगाएको खुल्ने कागजात देखाउनुपर्नेछ ।

Back to top button