घर घरमा सेनिटाइज गर्दै एमाले विराटनगर ८ वडा कमिटी

विराटनगर । नेकपा एमाले विराटनगर– ८ वडा कमिटीले घरघरमा सेनिटाइज (निर्मलीकरण) गर्न थालेको छ । हिजो मात्र वडाका करिब दुई दर्जन घरमा सेनिटाइज गरेको छ । कोरोना भाइरसको संक्रमण भएर होमआईसोलेसनमा रहेकाहरुको घरमा निर्मलीकरण गरिएको वडाकमिटी अध्यक्ष राम पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार कोरोना संक्रमण भएका, कोरानाको कारण मृत्यु भएकाहरुको घर सहित २३ वटा घरलाई निर्मलीकरण गरिएको हो । वडाकमिटी सदस्यहरु भुवन राजवंशी, सविन कामत, सिताराम राजवंशी सहितको टोली अभियानमा सक्रिय रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

यसअघि एमाले विराटनगर ८ ले वडावासीलाई स्वास्थ्य सामाग्री, होमआईसोलेसनमा बसेकाहरुलाई आयुर्वेदिक औषधि वितरण गरेको थियो । कोरोनाको नयाँ भेरिएन्टका संक्रमित बढेसँगै वडा कमिटीले वडावासीको समस्यालाई बुझेर काम गर्दै आएको स्थानीयको भनाई छ ।

वडावासीका हरेक समस्यामा साथ दिन एमाले वडा कमिटी तयार रहेको भन्दै अध्यक्ष पोखरलले कोरोना संक्रमण नियन्त्रणका लागि भने सरकारले जारी गरेको मापदण्ड पालना गर्नु नै उत्तम विकल्प रहेकाले त्यसमा गम्भिर हुन वडाबासीलाई आग्रह गर्नुभएको छ ।

Back to top button