मखमली महिला विकास संस्थाद्धारा विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलालाई स्वास्थ्य समाग्री वितरण

झापा । झापाको मेचिनगर स्थित मखमली महिला विकास संस्थाले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

संस्थाले आज मेचीनगर–१० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामीन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका सामग्री वितरण गरेको हो ।

संस्थाकी अध्यक्ष माया गुरुङले कोभिड १९ को संक्रमणका कारण सुत्केरी र बृद्धा महिलाहरु बढी जोखिममा पर्ने हुँदा उनीहरुलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री वितरण गरेको बताउनुभयो ।

खयरडाँगीका ४० जना भन्दाबढी महिलाहरुले स्वास्थ्य सामग्री पाएका छन् । संघीय सांसद राम कार्कीको सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगबाट स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

Back to top button