
भूमीप्रसाद पाठक,
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन थालेको छ ।
सोहि क्रममा हिजो पथरीशनिश्चरे –५ स्थित मौलीवारी क्षेत्रका अपाङगता भएका व्यक्तिहरुको अवस्थाका बारेमा जानकारी लिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य निर्मला गदाल, अपाङगता पुनर्स्थापना कार्यक्रमका सहजकर्ता थापा र वर्षा मण्डलसहितले घर– घर पुगेर अपाङगता भएका व्यक्तिहरुको अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।
अपाङ्गता भएका मौलिवारीका ६ जना व्यक्तिका घरमा पुगेर स्वाथ्य अवस्थाका बारेमा टोलीले जानकारी लिएको छ । टोलीले अपाङ्गता परिचयपत्र, हालको उहाँहरुको स्वास्थ्य अवस्था र पारिवारिक अवस्थाका बारेमा जानकारी लिएको छ ।
यस्तै कुनै समस्या परे खबर गर्न र समस्याको समाधान गर्न नगरपालिका साथसाथै रहेको आश्वासन समेत टोलीले दिएको छ । सोहि क्रममा उपप्रमुख बिष्टसहितको टोलीले सुन्दरीचोकबाट मौरीवारी जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको समेत अनुगमन गरेको छ ।