यसकारण चर्चामा छ कुन्दन काफ्लेको उम्मेदवारी ,यस्तो छ उनको राजनितिक यात्रा

तत्कालिन ज्ञानेन्द्र विरविक्रम शाह नेतृत्वको शाहि सरकारले जनआन्दोलन ताका सवैभन्दा बढि पक्राउ गरेका नामहरु गुगलमा खोजियो भने यी नामहरु अहिले पनि सझिलै भेट्न सकिन्छ । १९ दिने जनआन्दोलनबाट जन्मीएका तिनै विद्यार्थी नेताहरु गगन र रामकुमारी पटकपटक सांसद र एकएक पटक मन्त्री बनिसकेका छन् । कुन्दन भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

यी नेताहरुमध्ये हक्की स्वभावका प्रभावशाली नेता कुन्दनराज काफ्ले जनआन्दोलनमा सवैभन्दा बढि यातना भोगेका नेता हुन् । तत्कालिन ज्ञानेन्द्र सरकारले ०६२ माघ १९ गते कुन्दनलाई पक्राउ गरेर हेलिकोप्टरमा नुवाकोटको ककनी पुर्याएको उनी अहिले पनि सम्झनछन् ।

राजाबाट कुन्दन खतरामा परेको थाहा पाउने वित्तिकै तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले उनलाई रातारात बोर्डर क्रश गराए । आन्दोलन छेड्न निरन्तर सडकमा हुदाँ खतरा भएपछि काफ्ले कोइरालाको सल्लाह मै प्रवासिन बाध्य भए । जनआन्दोलनमा लागेका उनको शरिरका कतिपय घाउका डोवहरु अहिले पनि निको भइसकेको छैन ।

जिल्लाका अग्रज नेता जिपछिरिङ लामा यसपटक निर्वाचनमा भाग नलिने भएपछि कुन्दनको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । भूगोलमा नेताहरुबीच बेमेल जस्तो देखिएपनि पछिल्लो समय सांसद लामा सहित जिल्ला सभापति बर्मा लामा पनि कुन्दनलाई निर्वाचन लडाउन पर्ने मनस्थितिमा पुगेका छन् । संघमा काफ्ले, एक प्रदेशमा सभापति आफै निर्वाचनमा भाग लिने र एउटा प्रदेश माओवादीको भागमा दिने मनस्थितिमा सभापति लामा रहेको उनी निकट नेताहरु बताउँछन् ।

यसो हुँदा पार्टीप्रति आकर्षण बढ्नुका साथै निर्वाचन जित्न समेत सहजहुने जिल्ला स्तरका नेताहरुको समेत आँकलन छ । पूर्व सभापतिहरु ताराबहादुर कोइराला र रुद्रबहादुर खड्का निकटका नेताहरु पनि कुन्दनको विकल्प छैन भन्नेमा एक मत देखिन्छन् ।

पूर्व महामन्त्री कृष्ण सिटौला निकट रहेका कुन्दनले पछिल्लो समय सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासंग पनि राम्रो सम्वन्ध विस्तार गरेका छन् । देउवासंगको नजिकको उठवसमा सांसद लामा र कुन्दन बाहेक अन्य नेताहरु बाह्य हाइहेल्लोमा मात्र सिमित छन् ।

दोलखाको इतिहासमा पार्टी सभापतिले नै नियमित रुपमा टिकट लिएर चुनाव लड्ने प्रचलन छ । तर, जिल्ला सभापति लामा आधिकारीक रुपमा कुन समूहको नेता भन्ने नै यकिन छैन । शेखर कोइराला समूहबाट जिल्ला सभापति बनेका लामा महाधिवेशनमा कोइरालालाई नै मत नदिएको भन्दै विवादमा परे । यतिमात्र होइन महाधिवेशनमा जिल्ला सभापतिको रुपमा प्रभावकारी भूमिका खेल्न नसकेका उनलाई सभापति देउवापक्षको पनि अविश्वासका कारण यता न उता भएका छन् । तथापी, हल्लैहल्लाले लामा दुवै समूहको लिष्टबाट आउट भएपछि काफ्ले नै टिकटको बलियो दावेदारी रहेको कोइराला निकटका एक नेताले जानकारी दिए ।

नेता काफ्लेको राजनीतिक पृष्ठभूमि

पशुपति क्याम्पस स्ववीयू सदस्य–२०५५
पशुपति क्याम्पस स्ववीयू सचिव–२०५७
पशुपति क्याम्पस स्ववीयू सभापति–२०६०
नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य–२०६१
नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य कोषाध्यक्ष–२०६४
नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री–२०७३
१२ औं महाधिवेशनमा प्रतिनिधि
१३ औं महाधिवेशनमा जिल्ला सभापतिको आकांक्षी
१४ आंैं महाधिवेशनमा केन्द्रीय सदस्य

Back to top button